aadhikar thulo ke kartabya thulo class 10 nepali unit 6

पाठ ६: अधिकार ठूलो कि कर्तव्य ठूलो ?   १. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस्‌ :   प्रतियोगिता → प्रतिस्पर्धा वा होडबाजी वक्ता → बोल्ने...

पाठ ६: अधिकार ठूलो कि कर्तव्य ठूलो ?


 


१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस्‌ :


 


प्रतियोगिता → प्रतिस्पर्धा वा होडबाजी


वक्ता → बोल्ने व्यक्ति


कायापलट → ठूलो परिवर्तन


अभिमत → मनको विचार, राय


कसी → वस्तुको स्तर निधारण गर्ने साधन


कानुन → राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप गतिशील


नैसर्गिक → स्वाभाविक, प्राकृतिक


घोषणापत्र → कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र


 


४. दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्‌ :


 


(क) बाजी बाजि


बाजी - नाजी भलाई जुवामा बाजी थाप्न डर लाग्छ |


बाजि - मैले कयौं वाजि लोकसेवाको परीक्षा दिए तर नाम निकाल्नु नि ।


 


(ख) अवधी अवधि


अवधी: नेपालका विभिन्न भाषा मध्य अवधी भाषामा साहित्यिक रचना नही छन्‌ ।


अवधि: लोकसेवामा नाम निकाल्ने भनेको अब अवधि पनि सकिन लाग्यो ।


 


(ग) तिन तीन


तिन : मैले झन आफ्नो साथी भनेर नोटकोष दिएको तिनले त यति छ।


तीन :बाबाले तीन लाख आनामा किनेको घडेरी अहिले पचास लाख भयो रे।


 


(घ) पूरा पुरा


पूरा : हामीले थालेको काम पूरा गरेरै छोड्ने बानी बसाउनु पर्छ ।


पुरा: अर्काको पुरा खानुभन्दा त भोकै बसेको जानि ।


 


(ङ) फेरि फेरी


फेरि : यसपटक राम्रो नम्बर आएन भनेर पीर नगर न ।


फेरी : प्रायजसो कार्तिकमा जोगीहरू फेरी लगाउन आउँछ।


 


(च) शूर सुर


शूर: नेपालीहरू विश्वमा शूरवीरका नामले प्रसिद्ध छन्‌ |


सुर हिमालय पर्वतलाई सुरहरूको वासस्थान मानिन्छ ।


 


बोध र अभिव्यक्ति


 


३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्‌ :


 


(क) 'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम भन्नुहोस्‌ ?


उत्तर:


(अ) प्रत्येक वक्ताका लागि पांच मिनेटको समय निर्धारण गरिएको छ । चार मिनेटमा जनाउ घन्टी बज्ने छ र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ | अन्तिम घन्टीपछि वक्ताको समय समाप्त हुने छ |


(आ) कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षण, मिडंग, अपासनाप्रति भेदभाव हुने रआक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन ।


(इ) विपक्षका भनाइ खण्डन गर्दा आआफ्ना तर्क संयमित र शिष्ट उगले राख्नुपर्ने छ ।


(ई) वक्ताले कुनै लिखित टिपोट हेरेर बोल्न पाइने छैन ।


(3) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।


 


(ख) वादविवाद पाठमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ?


उत्तर:


वादविवाद पाठमा ४ जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ|


 


(ग) वादविवादको पहिलो वक्ता को हुन्‌ र उनले ककसलाई सम्बोधन गरेका छन्‌ ?


उत्तरः


वादविवादको पहिलो बक्ता चिदानन्द चौधरी हुन र उनले समाध्यक्षज्यू प्रमुख अतिथिज्यू, निर्णयको भूमिकामा रहनुभएका निर्णायक मण्डल, गुरु, गुरुमा तथा उनका प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मिललाई सम्बोधनगरेका छन्‌ ।


 


(घ) वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ?


उत्तर:


वादविवादमा युधिष्ठिरको प्रसङ्ग पदम गुप्ताको भनाइमा आएको छ |


 


४. दिइएको वादविवादको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्‌ :


प्रश्नहरु


 


(क) सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि के गरे ?


उत्तर: सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि हेमलक जस्तो विष पिए ।


 


(ख) बुद्धले कस्तो रहस्यको खोजी गरे ?


उत्तर: बुद्धले मानव जातिले कसरी मुक्ति पाउछ भन्ने रहस्यको खोजी गरे ।


 


(ग) हामीले कसरी कर्तव्य पालन गर्न सक्छौं ?


उत्तर: हामीले पद वा ओहदामा रहेर वा नरहेर पनि आफ्नो कर्तव्य पालन गर्न सक्छौं ।


 


(घ) वादविवादको अंशमा कस्ता कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ?


उत्तर: बादविवादको अशमा राष्ट्रराष्ट्रपतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ।


 


5. दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस्‌ र उक्त भनाइका आशयबारे कक्षामा छलफल गर्नुहोस्‌ :


 


(क) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ |


उत्तर : उद्घोषक निर्वाहलाई चित्त बुझाउन सक्नुपर्छ ।


 


(ख) परोपकार गर्नु नैतिक कर्तव्य हो ।


उत्तर: पदम गुप्ताको भनाइ हो र यस भनाइको आशय नि: स्वार्थ भावले कसैलाई गरे परोपकार एक नैतिक कर्तव्य हो ।


 


(ग) नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन्‌ ।


उत्तर: श्रुति शाहको भनाइ हो र यसको आशय नेपाली नागरिक भएकै नाताले कतिपय अधिकारहरु स्वत: उपयोग गर्न पाइन्छ |


 


(घ) खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो ।


उत्तर: चिदानन्द चौधरीको भनाइ हो । यसको आशय आफूले कर्तव्यपालन गर्दा पाइने निरन्तर खुसी सधैं रहने हुनाले यो अधिकारबाट प्राप्त खुसीभन्दा ठुला हुन्छ।


 


(ङ) राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।


उत्तर: भरत भण्डारीको भनाइ हो र यसको आशय निमुखालाई अधिकार बञ्चित गराए राष्ट्र र राष्ट्रियता बलियो हुँदैन भन्ने हो |


 


(च) कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रुप हो ।


उत्तर: स्वामी विवेकानन्द को भनाइलाई चिदानन्द चौधरीले प्रस्तुत गरेको रयस आशय भक्ति तथा उपासनाको सबैभन्दा उत्कृष्ट कार्य कर्तव्य निर्वाह हो ।


 


(छ) प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस्‌ त ?


उत्तर: श्रुति शाहको भनाइ हो र यसको आशय मानिसले मानिसका अधिकार खोस्न सके पनि प्रकृतिको अधिकार खोस्न सक्दैन भन्ने हो।


 


६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्‌ :


 


(क) 'अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस्‌ ।


उत्तर: द्रव्य वा धन न्यायिक तरिका वा कानुनी तरिकाले आर्जन गरेको धनले असल कर्म गर्नुपर्छ | गैरकानुनी क्रियाकलापबाट आर्जन गरेको सम्पत्ति खर्चेर आर्जन गरेको धार्मिक कार्यले कुनै फल दिँदैन । कर्तव्यले मानिसलाई जीवनवादी बन्न र मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्ने भएकाले कर्तव्यको बेवास्ता गर्दा सधैं असफल भईन्छ भने कर्तव्यको पालनाले सधैं सफलता हासिल गर्न सकिन्छ । कर्तव्यपालन व्यक्ति जो जुन ठाउँमा छ त्यही ठाउँबाट गर्न सक्छ | कर्तव्यपालन पर्द चा बोहदामा रहेर जा नरहेर पनि गर्न सकिन्छ राष्ट्रपतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता कतिपय मौलिक कर्तव्य हुन्छन्‌ ।


 


(ख) कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस्‌ ।


उत्तर: अधिकार ठूलो कि कर्तव्य ठुलो ?" वाद-विवादमा वक्ताहरूले आफ्ना गहकिला तर्क राखेर आसून विचारको पुष्टि गर्न खोजेका छन्‌ | सबै वक्ताहरुको तर्क उदाहरणीय छन्‌ ।बक्ताहरूले हाम्रा पौराणिक ग्रन्थमा गरिएका कर्तव्यका विषयलाई यसरी प्रस्तुत गरिएको छ | जुन यसप्रकार छन्‌ | नीतिश्लोकमा भनिएको छ, 'न्यायगतेन द्रव्येण कर्तव्यम्‌ पारलौकिकम्‌' अर्थात्‌ न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ । गीतामा भनिएको छ, 'कर्मण्येवाधिकारस्ते..." अर्थात्‌ आफ्ना हातमा कर्तव्य गर्ने जन अधिकार छ त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ । कर्तव्यप्रतिको निष्ठा भक्ति या उपासनाको सर्वोच्च रूप हो भन्ने विवेकानन्द कर्तव्यलाई नै पूजा मान्छन्‌ । पिताप्रतिको कर्तव्य पालनाका सन्दर्भमा ज राम वनवास जान तयार भए र गए, उनी मर्यादापुरुषोत्तम बने र भगवान्‌का रूपमा पुजिए । गौतम बुद्ध पारिवारिक माया र मोहको घेरा नाघेर भिक्षु बने । यी सारा व्यक्तिको महानता कर्तव्यकै आलोकमा प्रज्वलित भएको तथ्य प्रस्ट हुन्छ | आफ्ना माता, पिता र गुरूप्रतिको कर्तव्यलाई हाम्रा गअ्नन्थले 'मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव" भनेर उल्लेख गरेका छन्‌ । दुर्योधनले युद्धमा विजय प्राप्तिको आशीर्वाद माग्न आफ्नी आमा गान्धारीसँग गएछन्‌ । गान्धारीले भनिछन्‌ "तिमी मेरा पुत्र हो । त्यसैले तिमीलाई म स्नेह दिन्छु तर विजयको आशीर्वाद चाहिँ सत्य र न्यायको पक्षमा जो छ त्यसलाई मात्र दिन्छु ।" जिउँदै स्वर्ग जाने बेला युधिष्ठिर र उनको साथमा गएको कुकुर मात्र अन्तिम गन्तव्यमा पुगेछन्‌ । स्वर्गबाट युधिष्ठिरलाई लिन विमान आएछ र बुधिष्ठिरलाई मात्र लाने भनिएछ । उनले आफूलाई यात्रामा साथ दिने त्यस कुकुरको साथ नछोड्ने बरु स्वर्ग । नजाने बताएछन्‌ ।


 


(ग) अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस्‌ ।


उत्तर: भरत भण्डारीले अधिकार ठुलो कि कर्तव्य ठुलो भन्ने वादविवादको विपक्ष अर्थात कर्तव्य भन्दा अधिकार ठुलो हो भन्ने विषयमा आफ्ना तर्क राख्ने क्रममा केही महत्वपूर्ण मनाइहरू प्रस्तुत गरेका छन्‌ | जसको सार यस प्रकार छ |


कर्तव्य एक स्वैक्षिक गुण हो भने अधिकार एक स्वतः प्राप्त हुने अथवा भनौं जन्मनासाथ प्राप्त हुने गुण हो एक बच्चाले जन्मनासाथ खानपाउने र न्यानोमा बस्न पाउने अधिकार लिएर आएको हुन्छ । हामीले आफ्न अधिकार नपाइकन कर्तव्य निभाउन सक्दैनौं । मान्छेका विभिन्न अधिकारको व्यवस्था नेपालको संविधानमा नै गरिएको छ । मानिसको न्युनतम आवश्यकता पूर्ति गर्न अधिकारको आवश्यकता हुन्छ । आफ्नो कर्तव्य निर्वाह गर अधिकारको कुरा पछि गर्दै गरौंला भनेर त भएन नि खाँदै नखाइकन त कसैले काम गर्न सक्दैन | अधिकार भनेको खाना हो भने कर्तव्य भनेको काम हो | आफ्नो र गरिब जनताको अधिकारका लागि भन्दै विश्वमा विभिन्न आन्दोलन भएका छन्‌ । नेपालमै पनि वि.सं. २००७, २०४७ २०६२/६३ मा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन्‌ त्यतिकै त भएका होइनन्‌ । अवश्य ती आन्दोलनहरू देश र जनताका अधिकार प्राप्तिका लागि भएका हुन्‌ | संयुक्तराष्ट्रसङ्घका मानव अधिकार र बाल अधिकारसम्बन्धी महासन्धीले जन्मनासाथ बालकले अधिकार पाउनुपर्ने कुरा उठाएको ।समग्रमा भन्दा भरत भण्डारीले कर्तव्य भनेको अधिकार प्राप्त गरेपछि निभाउने कुरामात्र हो भनेका छन्‌


 


(घ) श्रुति साहको भनाइको सार लेख्नुहोस्‌ |


उत्तर: श्रुति साहले अधिकार ठूलो कि कर्तव्य ठूलो भन्ने वादविवादको विपक्ष अर्थात कर्तव्य भन्दा अधिकार ठुलो हो भन्ने विषयमा आफ्ना तर्क राख्ने क्रममा केही महत्त्वपूर्ण भनाइहरू प्रस्तुत गरेकी छन्‌ | जसको सार यस प्रकार छ ।कर्तव्यभन्दा अधिकार सधैं ठुलो हुन्छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । मानिसको स्वतन्त्रताको रक्षा कर्तव्यले नभएर अधिकारले नै गर्छ । परिवार समाज र राज्यबाट पाउने अधिकार पाएका व्यक्तिले आफ्नो उज्वल भविष्य निर्धारण गर्न सक्छ । अकाको अधिकार हनन्‌ गरेर कोही पनि विजेता बन्न सक्दैन । हिटलरले अधिकार खोसेको हुनाले हार बेहोर्नुपरेको सबैलाई थाहा नै छ | अधिकारका लागि जन आन्दोलनले मुलुकको कायापलट गरेको उदाहरण दासत्व अन्त्य गर्ने अमेरिकी सङ्ग्राम होस्‌ वा रङ्गभेद विरुद्धको दसकौ लामो अफ्रिकी आन्दोलन अधिकार प्राप्ति लागि भएका हुन्‌ | अधिकार मानिसको अनिवार्य आवश्यकता हो । कुनै पनि अनिवार्य आवश्यकता भएकाले नै प्रत्येक लोकतान्त्रिक राज्यहरूले आफ्नो देश संविधानमा नै विभिन्न किसिमका अधिकारको कुरा गरेर तिनको सबैले उपयोग गर्न स्वतनमसुनिश्चितता गरेको हुन्छ । अन्त्यमा मानिसले जन्मसिद्धरूपमा पाउनुपर्ने अधिकार प्राप्त गरेमा मात्र व्यक्तिको व्यक्तित्व विकास हुने र भविष्यमा उसले सम्मानपूर्वक र नैतिकवान कार्य गरेर जीवन बिताउन सक्छ भन्ने निचोड श्रुति साहको तर्कमा भेटिन्छ ।


 


७. व्याख्या गर्नुहोस्‌ :


 


(क) कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ ।


उपेक्षापूर्ण परिवर्तनको अभिव्यक्ति गर्दै, हाम्रो कक्षा १० को नेपाली पाठपुस्तकमा रहेको "अधिकार र कर्तव्य" नामक पाठको वाद- विवादलाई प्रतिष्ठित गर्नका लागि, एउटा विभिन्न ढंगले लेखिएको छ। यस पाठमा, अधिकार र कर्तव्यको मध्ये विषयमा भएका विवादका पक्षहरू व्यक्तिहरुले अभिव्यक्त गरेका छन्‌। त्यसमा, केहि मानिसहरूले अधिकारले छुट्टै सुख प्राप्त गर्न सक्छन्‌ भने अन्यहरुले कर्तव्य निभाउने विना सुख प्राप्त नगर्न सक्दैनन्‌ भन्ने तर्क गरेका छन्‌। चिदानन्द चौधरीले यस विषयमा आफ्नो विचार प्रस्तुत गर्नका लागि बाफनाहरूलाई पठाएको निचोड वाक्यांशमा प्रकाश छ।


माथिको प्रथम वक्ताले विचार गरेको छिदानन्द चौधरीको बातमा अधिकारबाट कर्तव्य बढी महत्वपूर्ण हो भन्ने पक्षमा आफ्नो तर्क प्रस्तुत गर्नुका स्थानमा आएको छ। अधिकार प्राप्त गर्दा सफलता प्राप्त गर्न सम्भव छैन वा सबैले अधिकार प्राप्त भएको व्यक्ति सफल हुँदैनन्‌। तर कर्तव्यनिष्ठ व्यक्ति अवश्य सफल हुन्छन्‌। राम, गौतम बुद्ध, सुकरात जस्ता उदाहरणहरुले यो प्रमाणित गर्दछन्‌। रामले आफ्नो कर्तव्यको अधीनमा बाबुको इच्छाहरू पूर्ण गर्न स्वाधीनता प्राप्त गरेका थिए। बुद्धले विश्वभरि शान्ति ल्याउने कर्तव्यको पक्षमा आफ्नो घरबाट त्याग गरेका थिए। सुकरातले पनि सत्यको निष्ठा र कर्तव्यपरायणतामा अत्यधिक महत्व दिएका थिए। समाजका सबै व्यक्तिहरूले कर्तव्यनिष्ठ हुनुपर्ने हुनाले हाम्रो समाजले कति राम्रो बनेको थियो। शिक्षकले कर्तव्यशीलताले राम्ररी पढाउने हुनु पर्छ, फोहोरले समयमा फोहोर उठाउनुपर्छ, छोरा-छोरीले बाबुआमासँगको निर्वाह गर्नुपर्छ जस्ता उदाहरणहरूका माध्यमबाट सबैले आफ्नो कर्तव्य निभाउनुपर्छ भने सबैले सफल हुन्छन्‌


माथिको वाद-विवादांशमा चिदानन्द चौधरीले आफ्नो भनाइको निचोडबिन्यासको क्रममा प्रस्तुति गरेको छ। यसको सारांश अधिकारबाट बढी कर्तव्य निर्वाहमा सफल व्यक्ति मात्र हुन्छ भन्ने धारणामा चिदानन्द चौधरी आएका छन्‌। कर्तव्य पालनाले मात्रै मानिसले आफ्नो सफलताको परीक्षण गर्छ, यो चिदानन्द चौधरीको निष्कर्ष हो।


 


(ख) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो | खट्टामा तेल लगाएर हिँंड्‌ भन्नु जस्तै हो |


भरत भण्डारीले माथिल्लो वक्तव्यमा कर्तव्यबन्दीभन्दा अधिकारको महत्वलाई उज्यालो दिएका छन्‌। उहाँले आफ्ना तर्कहरूलाई अभिव्यक्त गर्दा उचित क्रममा आएका छन्‌। जबकि कर्तव्यको पालना गर्ने साथै अधिकार पनि आवश्यक छ। त्यसो गर्दा मात्र अन्यलाई खाने भन्ने अपारदर्शी अभिव्यक्ति सजिलैमा खोजिन्छ। वास्तविक जीवनमा स्वयंले आग्रह गरेपछि मात्र अर्काको पेटको ख्याल गर्छ। अधिकार बिनाको कर्तव्यको धारणा पनि नगरिएको छ। जबकि आबूले सबैलाई पानि खाने कर्तव्य हो, तर बाबूले आफ्नो बच्चालाई बेलामा गास, ठाउँ, कपास, शिक्षा, स्वास्थ्य, आदि सुविधाको ख्याल गर्दैनन्‌। त्यस्तै बच्चाले अर्काको सहायतामा जीवन जिउँदै छ भने अनि पनि त्यो बच्चोले ठुलो भएपछि बाबूलाई मान्ने देखिएन। त्यस्तै राष्ट्रले जनताबाट कर्तव्यमा आग्रह गर्छ भने पहिले जनतालाई अधिकार प्रदान गर्नुपर्छ। पहिले अधिकारको बिनामा कर्तव्यलाई महत्व दिइन्छ।


8. "अधिकार ठूलो कि कर्तव्य ठुलो ?" वादविवादका वक्ताहरु मध्ये कसको भनाइ मन पर्यो, किन ?


"अधिकार ठूलो कि कर्तव्य ठुलो ?" वादविवादमा वक्तहरुले आफना गहकिला तर्क राखेर आआफ्नो विचारको पुष्टि गर्न खोजेका छन्‌ । सबै बक्ताहरुको तर्क उदाहरणीय छन्‌ । मलाई वक्ताहरु मध्ये चिदानन्दको तर्क बढी मन पर्यो |


चिदानन्दले दिइएका तर्क मध्ये कर्तव्य निभाउन कुनै ओहोदा पुग्नु पर्दैन आफू जहां छौं त्यहीबाट निभाउन सकिन्छ भनेको मलाई बढी चित्त बुझ्यो। हुन पनि हो हामीले आफैबाट आफ्नो कर्तव्य निभउन थाल्यौं भने सबैकुरा राम्रो भै हाल्छ नि एक शिक्षकले आफ्नो कर्तव्य राम्रोसंग निभाउने हो भने लाखौ विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ । किसानले आफ्नो कर्तव्य निभाएर विषादिमुक्त तरकारी उत्पादन गर्ने हो भने धेरै रोग निको हुन्छ । छोराले आफ्ना बाबुआमा प्रतिको कर्तव्य राम्ररी निभाउने हो भने वृद्धवृद्धाको विचल्ली हुँदैन । आमाबाबुले पनि छोराछोरी प्रतिको आफ्नो कर्तव्य राम्ररी निभाउने हो भने कुनै पनि बच्चा खराब सङ्गतमा पर्दैन । एउटा कर्मचारीले आफ्नो कर्तव्य इमान्दारिताका साथ निभाउने हो भने देशमा भ्रष्टाचार बढ्दैन। आम नागरिकले आफ्नो कारणबाट उत्पन्न हुने फोहोरलाई जताततै नफाल्ने र सफाइ कर्मचारीले इमान्दारिताका साथ फोहोर उठाउने हो भने हामीले कहिले पनि फोहोरमा वस्नु पर्दैन |


उनको अर्को भनाई कर्तव्य परायण व्यक्तिको सधै कदर हुन्छ भन्ने मान्यता पनि मलाई मन पर्यो । सबै अधिकार उपयोग गर्ने व्यक्तिको कदर हुन्छ भन्न म सक्दिन तर कर्तव्य परायण व्यक्तिको अवस्य कदर हुन्छ ।


 ११. " बादबिबाद कर्तव्य भन्दा ठुलो। ……. पुष्टी हुन्छ " अंश मुख्य चारओटा मुख्य टिपोट गर्नुहोस।




  • -स्वाभाविक रुपमा कर्तव्यभन्दा अधिकार ठुलो हुने,




  • -कानुनी, परम्परागत वा नैतिक रुपमा प्राप्य न्यायोचित दाबी, स्वत्व वा अधिकार हुने,




  • - मानिसको अधिकारका बारेमा थुप्रै महान्‌ व्यक्तिले आआफ्ना विचार अघि सारेका,




  • - वास्तवमा मान्छेले प्राप्त गर्नुपर्ने नैसर्गिक हक ने मानव जातिले प्राप्त अधिकार हुने ।




 


१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको  उत्तर दिनुहोस्


 


(क) प्रश्नहरु


(अ) गरिबी भन्नाले के बुझिन्छ ?


उत्तर: आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने गाँस, बास, कपाससमेत परिपूर्ति गर्न नसकेको अवस्था नै गरिबी हो।


 


(आ) गरिबी किन बदछ ?


उत्तर: गरिबी अशिक्षा, जनसङ्ख्या वृद्धिदरको उच्चता, बेरोजगारी, न्यून आर्थिक बुद्धिदर आदिका कारण बढ्छ ।


 


(डु) गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ ?


उत्तर: सर्वप्रथम सर्वेक्षणमार्फत गरिब घरपरिवार पहिचान गरी विवरण अध्यावधिक गर्नुपर्छ । तत्पश्चात्‌ गरिबी निवारण लक्षित कार्यक्रम तर्जुमा गर्नुपर्छ। रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सन्चालनवाट पनि गरिबी निवारण गर्न सकिन्छ ।


 


(ई) नेपालमा गरिबी निवारणमा ककसको भूमिका अपरिहार्य छ ?


उत्तर: - नेपालमा गरिबी निवारणमा सरकारी, सहकारी, सामुदायिक निजी र गैरसरकारी क्षेत्र एवम्‌ विकास साझेदारको एकीकृत समन्वयात्मक भूमिका अपरिहार्य हुन्छ।


 


(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्‌ :


 


(अ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्‌ ।


उत्तर: गरिबी न्यूनीकरण भौगोलिक, लैङ्गिक, सामाजिक समूहविच अन्तरसम्बन्धित भएकाले यसका लागि सरकारी, सहकारी, सामुदायिक, निजी र गैरसरकारी क्षेत्र एवम्‌ विकास साझेदारको एकीकृत समन्वयात्मक भूमिका अपरिहार्य भएछ ।


 


(आ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस्‌ ।


उत्तर: -- तत्पश्चात्‌ मात्र गरिबी निवारण लक्षितकार्यक्रम तर्जुमा गर्नु उपयुक्त हुन्थ्यो ।


 


(इ) मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ ।' भन्ने वाक्यमा त्रुटि भएका स्थानमा पदयोग गरी पुनर्लेखन गर्नुहोस्‌ ।


उत्तर: -- 'मानव विकास सूचकाङ्क आधारमा हेदा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबीको प्रभाव अत्यधिक देखिने गरेको छ ।'


 


भाषिक संरचना र वर्णविन्यास


दिइएको अनुच्छेद पढ्नुहोस् र भूतकाल, वर्तमान काल र भविष्य कालको लागि छुट्टाछुट्टै सूची बनाउनुहोस्:


 


भूतकालका वाक्यहरू:


एकछिनपछि प्रधानाध्यापक आएर उदितलाई सोध्नुभयो, "भन्नुहोस्‌ त उदित अधि यहाँ कुन कुन शिक्षकले के के खाजा खानुभयो " उदितले भन्नुभयो, “शिक्षक उमाले रोटी खानुभयो । शिक्षक शरणले मकै खानुभयो । अरु सबै शिक्षकले चना र चिउरा खानुभयो ।" एकछिनपछि उदितले भन्नुभयो, "प्रधानाध्यापकज्यू, अब खाजा सकियो । उदितका कुरा सुनेर प्रधानाध्यापकले भन्नुभयो, “उदित तपाईले हिजो मिठो खाजा खुवाउनुभयो ।”


 


वर्तमान कालका वाक्यहरू:


विद्यालयको खाजा घरका व्यवस्थापक उदित हुनुहुन्छ म चिया पकाउँछु । अलिकति भटमास पनि छ । पसलबाट चिउरा ल्याउँछु। आजलाई यसरी काम चलाउँछु । आज पनि मिठो खुवाउनुहुन्छ ।


 


भविष्य कालका वाक्यहरू:


भोलि शनिवार भएकाले खाजा वढी भयो भने वासी रहने छ । वासी खानेकुरा रह्यो भने त मलाई घाटा पर्ने छ। पर्सि म पकौडा बनाउने छ । खिर पकाउने छु। पुरी तरकारी पनि बनाउने छु। 'आगामी दिनमा पनि मिठो खुवाउनुहुने छ भन्ने आशा छ । "


 


२. "अधिकार ठूलो कि कर्तव्य ठुलो" पाठबाट भूत र वर्तमान कालका तीन तीनओटा क्रियापद खोजि तीनलाई बक्यमा प्रयोग गर्नुहोस।


उतर:


पुजिए: रामले पिताको आश्ञा मानेर वनवास गएका हुनाले उनी आदर्श पुरुषको रुपमा चिनिए र सवैबाट पुजिए पनि ।


गर्नुभयो -- म घरबाट भागेको थिएँ सबैले गाली गर्नुहुन्छ होला भनेको त झन्‌ माया पो गर्नुभयो ।


पुगेछन्‌ -- हरि र श्याम भागेर इन्डिया पुगेछन्‌ । गराउँछु - म सधै भाइलाई गृहकार्य गराउँछु। बनाउँछ -- हरिले कस्तो राम्रो चित्र बनाउँछ ।


सकिदैन -- हामीले पढेर कहिले पनि सकिदैन |


 


३. दिइएको अनुच्छेदबाट अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त पक्षका क्रियापद अलग अलग गर्नुहोस्:


अपुर्ण -- जादै छिन्‌, लिँदै छ


पुर्ण - पुगेको छ , पुगेकी छन्‌ काटिछन्‌ , लिइएको हुने छ ,गरेका थिए


अज्ञात - काटेछ


अभ्यस्त - जान्थिन्‌, काट्थ्यो


 


४. कोष्टकमा दिइएको संकेतका आधारमा  वाक्य परिवर्तन गर्नुहोस्:


(क) हामीहरु एउटा सानो समूह बनाएर गाउँ गएका थियौं । हामीहरु सबैले दौरासुरुवाल र कोट लगाएका थियो । जाडी महिना भएकाले हामी सबैको शिर कान छोप्ने टोपीले ढाकेको थियो । गाउँलेहरु हामीलाई एकोहोरो हेर्थे । हामीहरुले उनीहरुलाई पहिलो पटक भेटेका थियौँ । (अपूर्ण पक्ष)


उतर: हामीहरु एउटा सानो समूह बनाएर गाउँ जाँदै थियौं । हामीहरू सबैले दौरासुरुवाल र कोट लगाउदै थियौ । जाडो महिना भएकाले हामी सबैको शिर कान छोप्ने टोपीले ढाक्दै थियौ । गाउँलेहरु हामीलाई एकोहोरो हेर्दै थिए । हामीहरुले उनीहरूलाई पहिलो पटक भेट्दै थियौं ।


 


(ख) सम्पूर्ण प्रकृति र चराचर जगत्ले कर्तव्य पालनाको उत्कृष्ट दृष्टान्त दिँदै छन्‌ । हामी बसोबास गर्दै आएको यस चराचर जगत्मा नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिदै छन्‌ । परोपकारी कार्य गरेर कर्तव्य पूरा गर्दै छन्‌ । यसबाट कर्तव्यपालन प्राकृतिक, नैसर्गिक र महान्‌ कुरो हो भन्ने पुष्टि हुँदै छ । (पूर्ण पक्ष)


उतर: सम्पूर्ण प्रकृति र चराचर जगत्ले कर्तव्य पालनाको उत्कृष्ट दृष्टान्त दिएकाछन्‌ । हामी बसोबास गर्दै आएको यस चराचर जगत्मा नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिएकाछन्‌ । परोपकारी कार्य गरेर कर्तव्य पूरा गरेका छन्‌ । यसबाट कर्तव्यपालन प्राकृतिक, नैसर्गिक र महान्‌ कुरो हो भन्ने पुष्टि भएको छ ।


 


(ग) संस्कृतिलाई कृषि व्यवसाय गर्ने रहर थियो । यसका लागि उनले पाँचथरमा पारिलो घाम लाग्ने जग्गा किनिन्‌ । गाई, भैंसी र बाखा पनि किनेर ल्याइन्‌ । कृषि व्यवसायबाट उनले प्रशस्त आम्दानी गरिन्‌ । उनले गाउँका १५ जनालाई रोजगारी पनि दिइन्‌ । (अज्ञात पक्ष)


उतर: संस्कृतिलाई कृषि व्यवसाय गर्ने रहर रहेछ । यसका लागि उनले पाँचथरमा पारिलो घाम लाग्ने जग्गा किनिछन्‌ । गाई, भैंसी र बाखा पनि किनेर ल्याइछन्‌ । कृषि व्यवसायबाट उनले प्रशस्त आम्दानी गरिछन्‌ । उनले गाउँका १५ जनालाई रोजगारी पनि दिइछन्‌ ।


 


(घ) विद्यार्थी दिनहुँ पुस्तकालय जान्छन्‌ । आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्छन्‌ । पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्छन्‌ । थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्छन्‌ । (अभ्यस्त पक्ष)


उतर: - विद्यार्थी दिनहुँ पुस्तकालय जान्थे । आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्थे । पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्ने । थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्थे


 


५. कोष्ठकमा दिइएको सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस्‌


 


(क) हिजो सबैतिर पानी परेछ (पर्‌: अज्ञात भूत)


(ख) विक्रम बस चढेर विराटनगर गएको छ | (जा पूर्ण वर्तमान)


(ग) अर्को वर्ष यति बेला तिमी परीक्षा दिदै हुनेछौ । (दि अपूर्ण भविष्यत्‌)


(घ) उनीहरु कक्षामा पढाइका बारेमा छलफल गर्थे । (गर : अभ्यस्त भूत)


(ङ) दाजु गाउँमा गएर कृषि पेसामा संलग्न हुनुभएछ । (हु अज्ञात भूत)


(च) विद्यार्थी पढाइका साथै खेलकुदमा पनि रुचि राख्छन्‌। | (राख्‌: वर्तमान)


 


६. अज्ञात र अभ्यस्त पक्षका क्रियापदको प्रयोग गर्दै साथीको आनीबानीको वर्णन गरी अनुच्छेद लेख्नुहोस्‌ ।


 


उत्तर: मेरो बाल्यकालको मिल्ने साथी अनिल कम्युटर इन्जिनियर भएछ | उ सानामा कम्प्युटरमा मात्र खैल्ने गर्थ्यो | छोराको रुचि यसैमा हुनुपर्छ भनेर उसको बुवाले कम्पुटर इन्जिनियर बन्छस्‌ त भनेर सोध्न भएछ | उ धेरै बोल्दैन थियो | साथिपनि धेरै बनाउनदैनथ्यो | गुरुहरुले सोधेको प्रश्नको उत्तर चाहिँ सबै दिन्थ्यो | अहिले त उ धेरै बोल्नेछ ।


 


७. दिइएको अनुच्छेद पढ्नुहोस्‌ र रेखाङ्कन गरिएका शब्द पदयोग किन भएका हुन्‌, कक्षामा छलफल गर्नुहोस्‌ :


 


उत्तर:


सरसफाइ -- समास भएर (संयुक्त वाक्य भएर ।)


धरमा -- विभक्ति लागेको भएर ।


लामखुट्टे - समास भएर (संयुक्त वाक्य भएर ।


लामखुट्टेको - समासमा विभक्ति लागेको भएर ।


टोकाइबाट -- विभक्ति लागेको भएर।


नटोकोस -- थ्रुवीय शब्द बनाइएको ।


घरभित्र - समास भएर (संयुक्त वाक्य भएर) |


घरबाहिर - समास भएर (संयुक्त वाक्य भएर ।


झ्यालढीकामा -- विभक्ति लागेको भएर ।


झुलको -- विभक्ति लागेको भएर ।


मात्रामा - विभक्ति लागेको भएर ।


 


८. दिइएको अनुच्छेदलाई पदयोग र पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस्‌


उत्तर: प्रकृतिले आआफ्नो ठाउँबाट कर्तव्य पालना गरेको कुरा उहाले गर्नुभयो, प्रकृतिसंग त सम्पूर्ण अधिकार छ रत कर्तव्य पूरा गरिरहेको छ। प्रकृतिको अधिकार खोस्ने ताकत कसैसंग छैन, कसैले प्रकृतिको अधिकार खोसोस्‌ त त्यसपछि प्रकृतिको ताण्डव थाहा हुनेछ ।

COMMENTS

Name

ltr
item
1111111111111111: aadhikar thulo ke kartabya thulo class 10 nepali unit 6
aadhikar thulo ke kartabya thulo class 10 nepali unit 6
1111111111111111
https://testing-magone.blogspot.com/2023/06/aadhikar-thulo-ke-kartabya-thulo-class.html
https://testing-magone.blogspot.com/
https://testing-magone.blogspot.com/
https://testing-magone.blogspot.com/2023/06/aadhikar-thulo-ke-kartabya-thulo-class.html
true
4820887096563565499
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content