एकाइ - 5 पाठ १ व्यवस्थापिका

पाठ १ व्यवस्थापिका     १. व्यवस्थापिका भनेको के हो ?   उत्तर : व्यवस्थापिका भनेको राज्यका प्रमुख तीन अङ्गमध्ये राज्य सञ्चालनका लागि आवश्यक प...

पाठ १ व्यवस्थापिका
 
 
१. व्यवस्थापिका भनेको के हो ?

 
उत्तर : व्यवस्थापिका भनेको राज्यका प्रमुख तीन अङ्गमध्ये राज्य सञ्चालनका लागि आवश्यक पर्ने कानुन बनाउने एक महत्त्वपूर्ण अङ्ग हो । नेपालमा सङ्घीय व्यवस्थापिकालाई सङ्घीय संसद् पनि भनिन्छ । यहाँ प्रतिनिधि सभा र राष्ट्रिय सभासहितको सङ्घीय व्यवस्थापिका रहने प्रावधान रहेको छ ।
 
 
२. प्रतिनिधि सभा गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।
 
उत्तर : प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भई आउने १६५ जना (नेपाललाई १६५ निर्वाचन क्षेत्रमा वर्गीकरण गरिएको), समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भई आउने ११० जना (देशलाई एउटा निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने प्रणाली) गरी जम्मा २७५ जना सदस्य प्रतिनिधि सभामा रहन्छन् । पाँच वर्षको कार्यकाल रहने प्रतिनिधि सभामा एक जना सभामुख र एक जना उपसभामुख रहने प्रावधान रहेको छ ।
 
 
३. सङ्घीय संसद् सदस्य हुन आवश्यक योग्यताको सूची बनाउनुहोस् ।
 
उत्तर : सङ्घीय संसद्को सदस्य हुन आवश्यक योग्यता निम्नलिखित छन् :-
(क) नेपालको नागरिक
 
(ख) प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको
(ग) नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको
(घ) कुनै सङ्घीय कानुनले अयोग्य नभएको
(ङ) कुनै लाभको पद धारण नगरेको ।
 
 
४. राष्ट्रिय सभालाई समावेशी बनाउन गरिएका कानुनी व्यवस्थाको समीक्षा गर्नुहोस् ।
 
उत्तर : नेपालको व्यवस्थापिकामा राष्ट्रिय सभा ५९ जना सदस्य रहने स्थायी सदन हो । राष्ट्रिय सभालाई समावेशी बनाउनका लागि विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था गरिएको छ । यसमा एक जना अध्यक्ष र एक जना उपाध्यक्ष रहने व्यवस्था रहेको छ जसमध्ये एक जना अनिवार्य रूपमा महिला हुनुपर्ने प्रावधान गरिएको छ । त्यस्तै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने तीन जना सदस्यमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै प्रत्येक प्रदेशबाट आठ आठ जनाका दरले निर्वाचित भई आउने ५६ जना पनि पूर्ण समावेशी बनाउनुपर्ने कानुनी प्रावधान रहेको छ । जसमा प्रत्येक प्रदेशबाट आउने आठ जनामा तीन जना महिला, एक जना दलित, एक जना अपाङ्ग वा अल्पसङ्ख्यक अनिवार्य रहनुपर्ने व्यवस्था गरिएको छ । यसरी हेर्दा राष्ट्रिय सभामा कम्तीमा एक तिहाइ महिलाको अनिवार्य उपस्थित हुने व्यवस्था गरिएको छ । समग्रमा राष्ट्रिय सभालाई समावेशी बनाइएको छ ।

COMMENTS

Name

ltr
item
1111111111111111: एकाइ - 5 पाठ १ व्यवस्थापिका
एकाइ - 5 पाठ १ व्यवस्थापिका
1111111111111111
https://testing-magone.blogspot.com/2023/08/5_4.html
https://testing-magone.blogspot.com/
https://testing-magone.blogspot.com/
https://testing-magone.blogspot.com/2023/08/5_4.html
true
4820887096563565499
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content