िकित्सा विज्ञान र आयुर्वेद चिकित्सा

चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पाठ - ३ अभ्यास शब्दभण्डार १. दिइएका अर्थ आउने शब्द 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्...


चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा
पाठ - ३
अभ्यास



शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट खोजेर लेख्नुहोस् :
(क) स्नायुसम्बन्धी रोग पक्षाघात
(ख) बात, पित्त र कफसम्बन्धी दोष त्रिदोष
(ग) चिरफारका पद्धतिले गरिने रोगको उपचार शल्यक्रिया
(घ) हानि वा घात पुयाउने - घातक
(ङ) प्रतिरोधका लागि तयार पारिएको प्रतिरोधात्मक शब्द


२. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
अर्थ
प्रादुर्भाव कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव
-
अत्युक्ति → बढाइचढाइ गरिने वर्णन वा कथन
अद्यावधिक आजसम्मको अवस्था, विगतदेखि हालसम्म
त्रिदोष शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग
निषेध प्रतिबन्ध वा रोक लगाउने काम
अधीरता धैर्य नभएको अवस्था, अस्थिर
३. चिकित्सा क्षेत्रमा प्रयोग हुने दिइएका प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशका सहायताले सहायताले तिनको अर्थ लेख्नुहोस् :
आयुर्वेद - जडीबुटीका माध्यमबाट गरिने प्राकृतिक उपचार पद्धति
एलोप्याथिक आधुनिक चिकित्सा पद्धति, डाक्टरी उपचार चिकित्सा पद्धति
वैकल्पिक चिकित्सा विकल्पमा आउने इलाज वा उपचार, मुख्य उपचार पद्धतिको सहायक उपचार पद्धति
होमियोप्याथिक चिकित्सा समान लक्षण उब्जाउने औषधीय उपचार पद्धति
शल्यक्रिया चिरफारद्वारा शारीरिक उपचार गरी ठिक पार्ने काम, शल्यचिकित्स
पक्षाघात शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग, वायुविकार वा रक्तचापको कारणबाट शरीरको दायाँ वा बायाँ भाग निश्चेष्ट हुने अवस्था
आकस्मिक उपचार → अकस्मात् भएको कार्य, दुर्घटना वा रोगमा गरिने इलाज
निर्मूलीकरण निर्मूल पार्ने काम, उन्मूलन
४. चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धमा प्रयोग भएका कुनै पाँचओटा पारिभाषिक प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।
चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धमा प्रयोग भएका पाँचओटा पारिभाषिक शब्द र तिनको वाक्य निर्माण :-
वैद्य आयुर्वेद चिकित्सा विधिको ज्ञातालाई वैद्य भनिन्छ ।
पार्श्वप्रभाव : आधुनिक चिकित्सा पद्धतिको पार्श्वप्रभावबाट जोगिन आयुर्वेद चिकित्सा प्रणाली अपनाउनु जरुरी छ । उपचारात्मक : रोग लागेपछि उपचारात्मक पद्धति अपनाउनु
आवश्यक छ ।
मनो चिकित्सा : मानसिक रोग निदानका लागि मनो चिकित्सा आवश्यक पर्छ ।
खोप : एलोप्याथी पद्धतिमा रोगलाई रोक्न खोपको व्यवस्था गरिएको हुन्छ ।
बोध र अभिव्यक्ति
दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
रोगव्याधि रोग्व्याधि
अनधिकृत अनधिक्रित्
प्रत्याक्रमण प्रत्याक्रमन्
विरुद्ध बिरुद्ध
पद्धति पद्धति
-
अद्वितीय अद्वितिय
अर्थ्याउनु अयाउनु
अष्टाङ्ग अस्टाङ्ग
कौमारभृत्य • कौमार्श्वित्य
पार्श्वप्रभाव पार्श्वप्रभाव अगदतन्त्र अगद्तन्त्र
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध कति अनुच्छेदमा संरचित छ ?
• 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्ध बाह्र अनुच्छेदमा संरचित छ ।
(ख) वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो र लामो अनुच्छेद
कुन हो ?
→ वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो बाह्रौं र लामो तेस्रो अनुच्छेद हो ।
(ग) निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु कुन अनुच्छेदमा रहेको छ ?
• निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु चौथो अनुच्छेदमा रहेको छ ।
(घ) निबन्धको अन्तिम अनुच्छेदको आशय के हो ?
→ निरोगी र सुखी जीवनका लागि आयुर्वेदिक चिकित्साको प्रयोग आवश्यकता र समयको माग रहेको कुरा नै निबन्धको अन्तिम अनुच्छेदको आशय हो ।
५.
. दिइएका निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको
उत्तर दिनुहोस्
चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धति छन्
। रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै प्रदान गरिने स्वास्थ्य सेवा निरोधात्मक चिकित्सा हो ।
स्वास्थ्य स्थिति सुधार गर्न प्रदान गरिने पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाई कार्यक्रम जस्ता सेवा प्रवर्धनात्मक स्वास्थ्य सेवा हुन् । रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने
स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ । उपचारात्मक स्वास्थ्य सेवाका पनि आधुनिक चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पद्धतिबाहेकका होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनो चिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौँ उपचार पद्धति पनि
चिकित्सा पद्धति हो । अरब मूलका मानिस र इरानीद्वारा ११ औं
शताब्दीतिर यो पद्धत भारतमा प्रचलनमा ल्याइएको थियो । भारतमा ब्रिटिस शासनका समयमा एलोप्याथिक प्रणाली सुरु
भएपछि युनानी प्रणालीको औषधीय शिक्षा, अनुसन्धान र अभ्यास
प्रक्रियामा कमी आयो । होमियोप्याथिक शब्दको अर्थ सदृश रोग रहेका छन् । तीमध्ये युनानी एलोप्याथिक, होमियोप्याथिक र
आयुर्वेदिक गरी चार चिकित्सा पद्धति प्रचलित छन् । युनानी चिकित्सा पद्धति अरबमा प्रचलित प्राचीन चिकित्सा भन्ने हुन्छ । यसअनुसार रोगका सदृश वा समान लक्षण उब्जाउने औषधीय पदार्थद्वारा नै कुनै रोगको निदान गर्नु भन्ने बुझिन्छ । काँडालाई काँडाले झिक्नुपर्छ भने विषको औषधी विष नै हो भन्ने यसको मान्यता हो । यो सिद्धान्त समानताले समानताको उपचारको मान्यतामा आधारित छ ।
प्रश्नहरू :-
(क) निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा
गरिएको छ ?
उत्तर : निबन्धांशमा चिकित्सा विज्ञानका निरोधात्मक, प्रवर्धनात्मक
र उपचारात्मक शाखाको चर्चा गरिएको छ । (ख) प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ ?
उत्तर : प्रवर्धनात्मक उपचार पद्धति स्वास्थ्य स्थिति सुधार गर्नका
लागि प्रदान गरिन्छ । पोषण शिक्षा, स्वास्थ्य शिक्षा यसका उदाहरण
हुन् ।
(ग) उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन् ? उत्तर : उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, युनानी चिकित्सा, मनो चिकित्सा जस्ता पद्धति पर्छन् । (घ) तपाइँलाई कुन उपचार पद्धति मन पर्छ, किन ? उत्तर : मलाई आयुर्वेदिक उपचार पद्धति मन पर्छ । किनभने यस पद्धतिमा पार्श्वप्रभाव देखिँदैन र यसमा प्रतिरोधात्मक
क्षमता बढाइन्छ ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धका आधारमा वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस् । उत्तर - वर्तमान चिकित्सा विज्ञानमा आयुर्वेदिक चिकित्सा र
एलोप्याथिक चिकित्सा उपचार पद्धति सबैभन्दा बढी प्रचलनमा रहेका छन् । आयुर्वेदिक चिकित्सा पूर्वीय वैदिक सभ्यताको उपहार हो भने एलोप्याथिक पाश्चात्य विज्ञानको उपहार हो । आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा रहेको एलोप्याथिक उपचार पद्धति अहिले सर्वाधिक लोकप्रिय चिकित्सा पद्धति हो । छिटो सञ्चो हुने, डाक्टर र औषधी सजिलै पाइने, बलियो सङ्गठन रहेको, आपतकालीन अवस्थामा धेरै प्रभावकारी हुने, शल्यक्रियाबाट पनि उपचार गरिने, खोपको व्यवस्था जस्ता कुराले गर्दा एलोप्याथिक चिकित्साको भर धेरैले पर्नु पर्ने अवस्था छ । धेरैले यस पद्धतिका माध्यमबाट उपचार गराउँछन् । त्यस्तै आयुर्वेद चिकित्सा पनि लोकप्रिय उपचार पद्धति हो । यसमा विशेषतः रोग निको पार्ने मात्र नभएर प्रतिरोधात्मक क्षमता पनि बढाइन्छ साथै यस पद्धतिमा पार्श्वप्रभावको मात्रा पनि निकै
न्यून रहेको हुन्छ । यसकारण पनि यो पद्धति बिस्तारै लोकप्रिय बन्दै गइरहेको छ । यसप्रकार वर्तमान चिकित्सा विज्ञानमा एलोप्याथिक र आयुर्वेदिक चिकित्सा पद्धति निकै लोकप्रिय र
प्रचलित रहेका छन् ।
(ख) किन आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ, लेख्नुहोस् ।
उत्तर - वर्तमान चिकित्सा विज्ञानमा एलोप्याथिक र आयुर्वेद
चिकित्सा पद्धति सबैभन्दा बढी प्रचलित रहेका छन् । अहिले सबैभन्दा बढी एलोप्याथिक पद्धति लोकप्रिय रहे तापनि क्रमिक रूपमा आयुर्वेद चिकित्साको पनि लोकप्रियता बढ्दै गएको पाइन्छ। यसमा पञ्चकर्म महत्त्वपूर्ण उपचार प्रक्रिया हो । त्यस्तै यसले शारीरिक एवम् मानसिक क्रियाकलाप त्रिदोष अर्थात् वात, पित्त र कफमा निर्भर रहने भएकाले तीनओटैमा सन्तुलन कायम गर्न सके मानिस स्वस्थ हुन्छ भन्ने मान्यता राख्छ । यसको उपचारमा प्रयोग हुने औषधी जडीबुटीबाट निर्माण गरिन्छ । चिरफार कम हुने, रोगलाई नियन्त्रण मात्र नगरी निर्मूल गरिने उपचारमा धेरै उपकरणको आवश्यकता नपर्ने, औषधीको नकारात्मक प्रभाव कम हुने र कम खर्चिलो हुने जस्ता विभिन्न फाइदा भएकाले आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ ।
(ग) उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति
पर्छन् ?
उत्तर - चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धति छन् । यीमध्ये उपचारात्मक पद्धितमा रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरू पर्दछन् । यसअन्तर्गत आधुनिक चिकित्सा, आयुर्वेद चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी जस्ता उपचारात्मक पद्धति रहेका छन् । यसमा पनि आधुनिक अर्थात् एलोप्याथिक र आयुर्वेदिक सबैभन्दा बढी प्रचलनमा रहेका पद्धति हुन् ।
(घ) आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन् ?
उत्तर - वर्तमान चिकित्सा विज्ञानअन्तर्गत आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धति सबैभन्दा बढी प्रचलित चिकित्सा विज्ञान हुन् । आधुनिक चिकित्सा पद्धतिको पर्यायका रूपमा एलोप्याथी चिकित्सा पद्धति रहेको छ । यो पद्धति सबैभन्दा बढी प्रचलनमा रहेको छ । यस पद्धतिमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । यसलाई डाक्टरी उपचारका नामले पनि चिनिन्छ । यो पद्धति पाश्चात्य विज्ञानको देन हो । यसबाट उपचार गर्दा छिटो निको हुन्छ भने सानादेखि ठुला सबै किसिमका रोग निको पार्न उपयोगी हुन्छ । शल्यक्रियाका माध्यमबाट पनि उपचार गरिने, खोपको व्यवस्था, बलियो सङ्गठन, आकस्मिक उपचारका लागि सबैभन्दा प्रभावकारी यस पद्धतिका थप विशेषता हुन् । त्यस्तै आयुर्वेद चिकित्सा पूर्वीय वैदिक परम्पराको देन हो ।
।
यसका धेरै सकारात्मक पक्ष रहेका छन् । यस पद्धतिमा आठओटा उपचारका शाखा रहेका छन् । पञ्चकर्म आयुर्वेदको महत्त्वपूर्ण उपचार प्रक्रिया हो। यसले त्रिदोष अर्थात् वात, पित्त र कफ तीनओटैमा सन्तुलन भयो भने मानिस स्वस्थ रहन्छ, असन्तुलन भयो भने बिरामी हुन्छ भन्ने मान्यता राख्दछ। रोगलाई नियन्त्रण मात्र नभई निर्मूल गरिने, प्रतिरोधात्मक क्षमता बढाइने, चिरफार कम हुने, कम उपकरणको आवश्यकत पर्ने, औषधीको नकारात्मक प्रभाव कम हुने, कम खर्चिलो हुने यस पद्धतिका थप विशेषता हुन् । यसप्रकार यी कुराहरू नै आयुर्वेद चिकित्सा पद्धति र
आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक हुन् ।
७. व्याख्या गर्नुहोस् :
(क) आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र
संसारकै सर्वप्राचीन उपचार पद्धति हो ।
प्रस्तुत निबन्धांश 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' शीर्षकको निबन्धबाट साभार गरिएको हो । यस निबन्धलाई कक्षा १० पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो ।
चिकित्सा विज्ञानमा आयुर्वेद चिकित्सा पद्धति नै सबैभन्दा प्राचीन मात्र नभएर प्रभावकारी पद्धति पनि हो भन्ने सन्दर्भमा आयुर्वेदको महत्त्व र आवश्यकता स्पष्ट पार्ने सन्दर्भ यस निबन्धांशको मूल
सन्दर्भ
हो ।
उपचारात्मक चिकित्सा पद्धतिअन्तर्गत थुप्रै पद्धति प्रचलनमा रहेका
छन् । त्यसमध्ये सबैभन्दा पुरानो पद्धति आयुर्वेद चिकित्सा पद्धति
हो
। यो पद्धति पूर्वीय वैदिक एवम् प्राच्य सभ्यताले दिएको
अभूतपूर्व उपहार हो । वैदिक सभ्यता संसारकै सर्वप्राचीन सभ्यता
हो । यस सभ्यतासँगै आयुर्वेद चिकित्सा प्रारम्भ भएको देखिन्छ ।
यो सर्वप्राचीनका साथसाथै आधुनिक चिकित्साभन्दा फरक चिकित्सा पद्धति पनि हो । आधुनिक चिकित्साको पर्याय एलोप्याथी चिकित्सामा सुरुमै रोगलाई घटाउने औषधी दिइन्छ । यसमा मूलतः रोगलाई नियन्त्रणमा लिइन्छ । आयुर्वेदमा भने निर्मूल गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गरिन्छ । त्यस्तै यसमा उपकरणको पनि अत्यधिक प्रयोग गरिंदैन । औषधीको नकारात्मक प्रभाव यस पद्धतिमा अत्यन्त न्यून हुने गर्दछ
रोगलाई
। चिरफारद्वारा उपचार पनि आयुर्वेदमा कम हुन्छ ।
यसप्रकार चिकित्सा विज्ञानका सबैभन्दा बढी प्रचलित आधुनिक
चिकित्साभन्दा फरक उपचार पद्धति आयुर्वेद हो । फरक मात्र नभई
यो सर्वप्राचीन पद्धति पनि हो । निरोगी र दीर्घ जीवनका लागि यस
विधिको विकल्प कुनै विधि पनि देखिँदैन । (ख) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।
प्रस्तुत निबन्धांश चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' शीर्षकको निबन्धबाट साभार गरिएको हो। यस निबन्धलाई कक्षा १० पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो ।
नेपालमा
धेरै किसिमका जडीबुटी पाइने भएकाले आयुर्वेदिक औषधी उत्पादनका लागि निकै उपयोगी र महत्त्व भूमि रहेको तथ्य
प्रस्तुत निबन्धांशको सन्दर्भ रहेको देखिन्छ ।
नेपाल भौगोलिक र प्राकृतिक विविधताले भरिपूर्ण मुलुक हो । नेपालका वनजङ्गलहरूमा प्रशस्तै मात्रामा जडीबुटीहरू पाइन्छ । ती जडीबुटी बहुमूल्य र घातक रोग निको पार्न उपयोगी रहेका छन् । नेपालमा जडीबुटीको अजस्र भण्डार रहेको छ । तराईका वनदेखि हिमालसम्म त्यस्ता जडीबुटी र औषधीय गुणका बिरुवा नेपालमा पाइन्छ । रामायणमा पनि हनुमान सञ्जीवनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा आएको प्रसङ्ग वर्णित छ । आयुर्वेदिक उपचारका लागि औषधी निर्माणको मुख्य स्रोत नै जडीबुटी हो । तसर्थ नेपालका जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन् ।
यसप्रकार नेपालको प्राकृतिक विविधताभित्र अजस्र जडिबुटीको भण्डार रहेको तथा परापूर्व कालमा समेत नेपाल जडीबुटीका लागि प्रख्यात रहेकाले आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।
८. आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षबारे समीक्षा गर्नुहोस् ।
उत्तर - उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत आधुनिक चिकित्सा पद्धति सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति हो । यसको पर्यायका रूपमा एलोप्याथी उपचार पद्धति रहेको छ । तसर्थ आधुनिक चिकित्सा पद्धति भनेर एलोप्याथी चिकित्सा पद्धतिलाई बुझाउने गर्दछ । यसलाई चल्तीको भाषामा डाक्टरी उपचार पनि भनिन्छ । यस पद्धतिका थुप्रै सकारात्मक र नकारात्मक पक्षहरू रहेका छन् ।
आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा बिरामी छिटो निको हुन्छ । डाक्टर, औषधी जस्ता कुराहरू पनि यस पद्धतिमा सजिलै प्राप्त गर्न सकिन्छ । त्यस्तै यस पद्धतिको सङ्गठन बलियो रहेको छ । अझ आपतकालीन अवस्थामा त यो चिकित्सा पद्धति धेरै नै प्रभावकारी साबित भएको छ । यस विधिमा प्रयोग हुने उपकरण समय समयमा अद्यावधिक गरिन्छ । शल्यक्रियाका माध्यमका साथै खोपका माध्यमबाट पनि यस पद्धतिमा प्रभावकारी उपचार गरिन्छ । सानादेखि ठुला सबै रोगको उपचारमा यो पद्धति उपयोग गर्न सकिन्छ । गम्भीर प्रकृतिका रोगको उपचारका लागि यो प्रणालीको विकल्प देखिँदैन । सकारात्मक पक्षका साथै आधुनिक चिकित्सा पद्धतिमा धेरै नकारात्मक पक्ष पनि रहेका छन् । उपचारका लागि यस पद्धतिमा दक्ष जनशक्तिको अभाव भइरहन्छ । उपचार र औषधी महङ्गो हुने भएकाले यो पद्धति पूर्ण रूपमा गरिबको पहुँचभन्दा बाहिर रहेको देखिन्छ । गरिबलाई उपचार गराउन खर्चिलो मानिन्छ । यस पद्धतिको औषधीमा नकारात्मक प्रभाव बढी देखिने गर्छ । आधुनिक चिकित्सा पद्धतिको औषधीको बढी दुरुपयोग पनि भएको पाइन्छ ।
यसप्रकार आधुनिक चिकित्सा पद्धति अर्थात् एलोप्याथी चिकित्सा प्रणालीमा धेरै सकारात्मक पक्ष रहेका छन् । यी सकारात्मक पक्षले गर्दा नै यो प्रणाली लोकप्रिय बनेको हो। यसका साथै यस प्रणालीमा केही यस्ता नकारात्मक पक्ष छन् जसलाई हटाउन प्रायः कठिन छ ।
९. रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेदिक चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, पुष्टि गर्नुहोस् ।
उत्तर - आयुर्वेदिक चिकित्सा पद्धति मूलतः जीवनको ज्ञानसँग सम्बन्धित उपचार पद्धति हो । यसलाई पूर्वीय वैदिक एवम् प्राच्य सभ्यताको अभूतपूर्व उपहारका रूपमा लिने गरिन्छ । निरोगी र दीर्घ जीवनका लागि यो पद्धति विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गइरहेको छ ।
जीवनको ज्ञान आयुर्वेदको सार हो। जीवनको मर्म बुझेर मानव शरीरमा रोग लाग्नै नदिन वा रोग लाग्नुपूर्व अपनाउनुपर्ने खानपान र रहनसहनगत सावधानीमा रहन मदत गर्ने विज्ञान आयुर्वेद चिकित्सा पद्धति हो । आयुर्वेद चिकित्सा पद्धतिमा उपचारका आठओटा शाखा रहेका छन् । यस पद्धतिमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । आहार, विहार र आचार संहितामार्फत रोगले आक्रमण नगरोस् भनी प्रतिरोधी औषधी र आहारमा जोड दिनु यस पद्धतिको गुण हो। त्यस्तै रोगीको मन र शारीरिक प्रकृतिअनुसार यसमा उपचार गरिन्छ । रोगको प्रकृतिविरुद्ध आहारमा पथ्यापथ्यको निर्देश गरी स्वस्थ व्यक्तिलाई रोगको आक्रमणबाट जोगाउनु र रोगीको रोग चाँडै हटाउने काम यसमा हुन्छ । त्यस्तै औषधी जडीबुटीबाट निर्माण गरिने भएकाले नकारात्मक प्रभाव न्यादै न्यून हुन्छ ।
यसप्रकार रोग नियन्त्रणका साथसाथै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने अनि कुनै पनि किसिमको पार्श्वप्रभावबाट बचाउने प्रयास गर्नु आयुर्वेदिक चिकित्सा पद्धतिको विशिष्ट पक्ष हो ।
१०. 'स्वस्थ खानपान' शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद
तयार गर्नुहोस् ।
उत्तर :
स्वस्थ खानपान
स्वास्थ्य जीवनको पहिलो धन हो । स्वस्थ र दीर्घ जीवनको आधार भनेको स्वस्थ खानपान हो । नियमित र स्वास्थ्यवर्धक भोजनले रोगमुक्त रहन सकिन्छ भने अनियमित र अधिक तथा अस्वस्थ खानपानले मधुमेह, हृदयाघात, मोटोपना, उच्च रक्तचाप जस्ता रोगहरू निम्त्याउने गर्दछ । भनिन्छ, खान नपाएर भन्दा खान नजानेर मर्नेको सङ्ख्या धेरै रहेको छ । पूर्वीय दर्शनले पनि स्वस्थ जीवनका लागि स्वस्थ खानपानमा जोड दिएको छ । सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन् । आजभोलि बढी मात्रामा माछामासु, तारेका, मसलेदार र बजारिया खाना खाने प्रवृत्ति बढ्दो छ । स्वाद, रूप, रङ र गन्धलाई मात्र बढी महत्त्व दिएर
खाना खाने गर्नाले विभिन्न रोग लाग्छन् । क्षारप्रधान खानाहरू बढी स्वस्थ मानिन्छ । यस्ता खानाहरूमा मौसमी तरकारी, फलफूल, गेडागुडीहरू, मकै, गहुँ, जौ, कोदो, फापर, उवा जस्ता खाना पर्दछन् । तसर्थ स्वस्थ खानपिन स्वस्थ जीवनको पहिलो र अनिवार्य सर्त हो
I
११. 'चिकित्सा विज्ञान र आयुर्वेदिक चिकित्सा' निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
उत्तर : मुख्य मुख्य चारओटा बुँदाहरू :-
- स्वस्थ तनलाई खुसी मनको आधार मानिने,
- मानिसकै असावधानीका कारण रोगव्याधिले शरीरमा प्रवेश
पाउने,
- रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको,
- चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा
प्रयोगमा रहेका ।
सारांश लेखन : चिकित्सा विज्ञानको पृष्ठभूमि
चिकित्सा विज्ञान स्वस्थ तनलाई खुसी मनको आधार मानिन्छ ।
मानिसकै असावधानीका कारण रोगव्याधिले शरीरमा प्रवेश पाउँछन् । रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको हो । चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा प्रयोगमा रहेका छन् ।
अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या : ९८ सारांशमा हुनुपर्ने शब्द सङ्ख्या : ३३
सारांशमा भएको शब्द सङ्ख्या : ३७
१२. आधुनिक चिकित्सा पद्धति.... सुख छैन अनुच्छेद पढ्नुहोस् अनि विषयवस्तुको पहिचान, अनुमान र निष्कर्षसँग सम्बन्धित एक एकओटा बोध प्रश्न निर्माण गर्नुहोस् । निर्धारित अनुच्छेदबाट बोध प्रश्नहरू :-
(क) विषयवस्तुको पहिचान : आधुनिक चिकित्सा पद्धतिका कुनै दुई विशेषता के के हुन् ?
ख) विषयवस्तुको अनुमान : आपतकालीन अवस्थाअन्तर्गत कस्ता अवस्था पर्दछन् ? अनुमान गरी लेख्नुहोस् ।
ग) निष्कर्ष : किन आधुनिक चिकित्सा पद्धतिको भर नपरी सुख
छैन ?
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सङ्कलकमार्फत भण्डारण गरिन्छ र बजारसम्म पुऱ्याइन्छ । बजारमा पुगेका वस्तु
उपभोक्ताले बजार मूल्यमा खरिद गरेर उपभोग गर्छन् । यसरी हुने बजारीकरण र उत्पादनको चक्रीय प्रवाहले कृषिको व्यवस्थापन
प्रणालीगत ढङ्गले हुन्छ । कृषि बजारीकरण प्रक्रियामा कृषकलाई आवश्यक मल, बिउ, अनुदान रकम आवश्यकता अनुसार प्रदान गरिन्छ। उत्पादनमा रासायनिक मलभन्दा प्राङ्गारिक मलको
उपयोगमा जोड दिने, सिँचाइ, बाटो र सञ्चारको उचित व्यवस्था कृषकलाई सरकारले मिलाइदिने काम हुन्छ । कृषकसँग भएको उत्पादन सङ्कलक सङ्गठन वा संस्थामार्फत भण्डारण गरी कृषकलाई वस्तुको उचित मूल्य प्रदान गरिन्छ । कृषकले आफ्नो
उत्पादन भण्डारककहाँ पठाउने कार्य हुन्छ । भण्डारकले आवश्यक मल, बिउ कृषकलाई पठाउने, उत्पादनको बजार मूल्य, लागत, माग र आपूर्तिलाई ध्यान दिई संस्थाको विधानअनुरूप कार्य गर्ने गर्छन् । सङ्कलकले सङ्कलन गरेर वस्तु बजारमा पठाउँदा सानो नाफाको अंश राखी सुरक्षित रूपमा पठाउने गर्छन् । सङ्कलक र बजारबिचको सम्बन्ध विधानसम्मत हुनु आवश्यक ठानिन्छ । यस्तो व्यवस्था हुँदा उपभोक्तासम्म कुन दरमा पुग्छ भन्ने कुरा सङ्कलकले निरीक्षण गरिरहन सक्छ । यसो हुँदा एकअर्काबिचमा अधिक नाफाको स्थिति हुँदैन । सबैले उचित मूल्यमा वस्तु प्राप्त गर्नाले मुद्रास्फीति हुँदैन । बजारमा अभाव सिर्जना हुँदैन । यसले आयमा ठुलो उतारचढाव आउन दिँदैन ।
(क) प्रश्नहरू
(अ) कृषि उत्पादन कसरी उपभोक्तासम्म पुग्छ ?
-
कृषि उत्पादनलाई सङ्कलकमार्फत् बजारसम्म पुऱ्याइन्छ । बजारमा पुगेका वस्तु उपभोक्ताले खरिद गरेर उपभोग गर्छन् र उत्पादन उपभोक्तासम्म पुग्छ ।
(आ) अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी सरल, व्यावहारिक,
विधानसम्मत र कृषक र सङ्कलक दुवैको हितानुकूल व्यवस्था उल्लेख भएको छ ?
-
अनुच्छेदमा सूचना प्रवाहको व्यवस्था सरकारले मिलाइदिने र नाफाका बारेमा सङ्कलकले वस्तु सङ्कलन गरेर बजारमा पठाउँदा सानो नाफाको अंश राखिदिने व्यवस्था भएको छ ।
(इ) कृषि बजारीकरणको प्रक्रियाबारे लेख्नुहोस् ।
भण्डारकले कृषकलाई मल, बिउ, अनुदान रकम प्रदान गर्ने, सरकारले सिँचाइ, बाटो र सञ्चारको व्यवस्था सरकाले मिलाउने, कृषि उत्पादन सङ्कलन तथा भण्डारण संस्थामार्फत गरी
विधानसम्मत ढङ्गबाट बजारीकरण गर्ने तरिका नै कृषि बजारीकरणको प्रक्रिया हो ।
(ई) सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ ?
सरकारले कृषकलाई सिँचाइ, बाटो र सञ्चारको उचित व्यवस्था जस्ता कुरामा सहयोग गर्नुपर्छ
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान
(अ) अनुच्छेदबाट उप, सम्, उत् उपसर्ग लागेका एक एक ओटा
शब्द खोजेर लेख्नुहोस् । उप: उपभोक्ता,
समः सञ्चार,
उत्: उत्पादन
(आ) अनुच्छेदबाट दुईओटा कृदन्त शब्द पहिचान गरी लेख्नुहोस् ।
→ कृदन्त शब्द पुगेका, गरेर
(इ) अनुच्छेदबाट शब्दको सुरु बिच र अन्तिममा ह्रस्व उकार
प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस्
।
→ शब्दको सुरुमा ह्रस्व उकार :- पुऱ्याइन्छ, सुरक्षित
शब्दको बिचमा ह्रस्व उकार अनुदान, अनुरूप भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका पाँच पाँचओटा शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
आयुर्वेदिक उपचार गर्न भनी हिँडेका प्रज्ज्वलले अस्पतालमा पुगेर डाक्टरलाई अभिवादन गरे । उनले पछिल्लो एक हप्तादेखि प्रतिदिन आफूलाई असह्य हुने गरी पेट दुख्ने गरेको कुरो बताए । डाक्टरले राम्ररी जाँचेर अत्यधिक दुख्दा मात्र नदुख्ने औषधी खानु नत्र यो औषधी खाएर आराम गर्नू भने । डाक्टरले स्वास्थ्यलाई बेफाइदा हुने
पिरो, अमिलो, चिल्लो नखान सुझाव दिए ।
उपसर्ग लागेका शब्द उपचार (उप + चार),
प्रतिदिन (प्रति + दिन),
अभिवादन (अभि + वादन), असह्य (अ + सह्य),
बेफाइदा (बे + फाइदा) प्रत्यय लागेका शब्द :- आयुर्वेदिक (आयुर्वेद + इक),
भनी (भन्+ई), हिँडेका (हिंड् + एका), पुगेर ( पुग् + एर),
गरी (गर् + ई)
२. दिइएका उपसर्ग लगाई एक एक ओटा शब्द निर्माण गर्नुहोस्
उत्तर :
अ अकाल,
अन: अनमोल,
कु. कुविचार,
बि बिजोर,
गैर गैरसरकारी,
बद बदनाम,
ना : : : नालायक, अधि : अधिकार,
अनु : अनुशासन, अभि : अभिमान,
अति : अतिरिक्त,
अव अवधारणा,
अप: अपमान,
आ आगमन,
उप उपकार,
उत्: उच्चारण,
दुर्: दुर्घटना,
दुस्: दुष्कर्म,
निः नियम,
निर् : निराकार,
परा : पराजय,
पर: परिमाण,
प्र: प्रचार,
प्रति प्रतिकार,
वि: विकास,
सम्: संयोजक,
सु : सुशासन
३. दिइएको अनुच्छेद पढ्नुहोस् । सात सातओटा कृदन्त र तद्धितान्त शब्दको पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्
उत्तर :
कृदन्त शब्द र निर्माण प्रक्रिया :- बसाइँ ( बस् + आइँ),
सुन्न कर्तव्य ( कृ + तव्य),
सुनेको (सुन् + एको),
स्मरणीय (स्मृ + अनीय),
भएका (भ + एका),
भने ( भन् + ए)
तद्धितान्त शब्द र निर्माण प्रक्रिया :- बुद्धिमान् (बुद्धि + मान्),
गाउँले (गाउँ ° ले), धनवान् (धन + वान्),
बाजुरेली ( + बाजुरा + एली)
बटुवा (बाटो + उवा)
धनकुटे ( धनकुटा + ए),
कवित्व (कवि + त्व)
४.
दिइएका प्रत्यय लगाई एक एक ओटा शब्द निर्माण
गर्नुहोस् :
उत्तर : अक्कड : बोलक्कड,
अतः बचत,
अन्तः भिडन्त,
आइ : पढाइ,
आइँ : बसाइँ,
आउ : घेराउ,
आली : झापाली,
आलु : खर्चालु
आवट : रोकावट
आहा : घिचाहा,
इयार : होसियार,
इया : भरिया,
इलो : रमाइलो,
ई : खेती,
उवा : घुमुवा,
एः पाखे,
एली : जुनेली,
ती : स्याउँस्याउँती,
ओ : हाँसो,
ओट : बनोट,
ले : गाउँले,
अक : लेखक, अन : लेखन
अनीय : स्मरणीय,
इक : नैतिक,
इत: रचित,
ईन : ग्रामीण,
ता : कविता,
तव्य : गन्तव्य,
ति: मति, त्वः कवित्व,
मय सुखमय,
वान् : बलवान्, मान् श्रीमान्
यः दृश्य
'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्धको पहिलो अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका शब्दको अलग अलग सूची बनाई तिनको निर्माण प्रक्रियासमेत देखाउनुहोस् ।
उत्तर : उपसर्ग लागेका शब्द र तिनको निर्माण प्रक्रिया:
आधार (आ + धार)
असावधानी (अ + सावधानी)
प्रयत्न (प्र + यत्न)
आक्रमण (आ + क्रमण )
उपचार (उप + चार)
उपहार (उप + हार)
प्रत्यय लागेका शब्द र तिनको निर्माण प्रक्रिया:
शारीरिक (शरीर° + इक)
मुक्ति (मुक्त + इ)
पूर्वीय (पूर्व + ईय)
वैदिक (वेद + इक)
सभ्यता (सभ्य + ता)


६. दिइएको अनुच्छेद पढी शब्दको सुरु, बिच र अन्तिममा हस्व उकार प्रयोग भएका शब्दको पहिचान गरी टिपोट
गर्नुहोस् :
हर्कमानका बुबा पाको उमेरको हुनुहुन्छ । हर्कमानका दिदी भिनाजु गाउँको घरमा आउनुभएको छ । हर्कमानका चार जना दाजुको नाम राजु, श्याम, बाबुराम र पृथुकुमार हो । पृथुकुमार आयुर्वेदिक
उपचारक हुनुहुन्छ । श्यामुको उखुबारी छ । राजुको धान कुट्ने र गहुँ पिस्ने उद्योग छ। बाबुराम मुकुन्दपुर नगरपालिकामा सुब्बा हुनुहुन्छ । हर्कमानका बहिनीको नाम मधु करुणा र जमुना हो ।
मधुको बिहे विष्णुपुरका सिपालु कलाकार गुरु गुरागाईंसँग भएको छ । करुणाको बिहे ताप्लेजुङका बुलेन्द्र लिम्बूसँग भएको छ । जमुनाको घान्द्रुकका गुन्जमान गुरुङसँग भएको छ । सबै सन्तानको सुख देखेर हर्कमान खुसी हुनुहुन्छ।
उत्तर : शब्दको सुरुमा ह्रस्व उकार प्रयोग भएका शब्द :- बुबा
हुनुहुन्छ,
कुट्ने,
मुकुन्दपुर,
सुब्बा,
बुलेन्द्र,
गुन्जमान,
गुरु,
गुरागाईं,
गुरुङ,
सुख,
खुसी
शब्दको बिचमा ह्रस्व उकार प्रयोग भएका शब्द :- हुनुहुन्छ,
मुकुन्दपुर,
आउनुभएको,
बाबुराम,
पृथुकुमार,
आयुर्वेदिक,
उखुबारी,
जमुना, विष्णुपुर,
करुणा,
ताप्लेजुङ,
घान्द्रुक
शब्दको अन्तिममा हस्व उकार प्रयोग भएका शब्द :-
- भिनाजु,
दाजु,
राजु,
श्याम,
गहुँ,
मधु,
सिपालु,
गुरु


७. शब्दको सुरु, बिच र अन्तिममा हस्व उकार प्रयोग
भएका पाँच पाँचओटा शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
उत्तर : शब्दको सुरुमा ह्रस्व उकार प्रयोग भएका शब्द :- खुसी, लुट्न, मुक्ति, व्युत्पत्तिमूलक, हुन्छन्, सुरु, खुराक, दुवै, मुख्य, मुख, बुटी,
शब्दको बिचमा हस्व उकार प्रयोग भएका शब्द :- विरुद्ध, प्रादुर्भाव,
रोगमुक्त, आयुर्वेद, आधुनिक, आयुष, फिस्टुला, अनुगमन, शब्दको अन्तिममा हस्व उकार प्रयोग भएका शब्द :- लाग्नु, सुरु, दिनु, गर्नु, आयु, पाइनु, हुनु,

 

COMMENTS

Name

ltr
item
1111111111111111: िकित्सा विज्ञान र आयुर्वेद चिकित्सा
िकित्सा विज्ञान र आयुर्वेद चिकित्सा
1111111111111111
https://testing-magone.blogspot.com/2023/06/blog-post.html
https://testing-magone.blogspot.com/
https://testing-magone.blogspot.com/
https://testing-magone.blogspot.com/2023/06/blog-post.html
true
4820887096563565499
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content