पाठ १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या १. मानव बेचबिखन भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ? उत्तर : कुनै पनि उद्देश्यले...
पाठ १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या
१. मानव बेचबिखन भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ?
उत्तर : कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसका अङ्ग झिक्ने कामलाई मानव बेचबिखन भनिन्छ । चेलीबेटी बेचबिखन, बालबालिका बेचबिखन र मानव अङ्ग बेचबिखन जस्ता कार्य विशेष गरेर मानव बेचबिखन अन्तर्गत पर्दछन् ।
यसबाट बच्न निम्न कार्य गर्न सकिन्छ :-
(क) व्यक्ति स्वयम् सचेत बन्नुका साथै अभिभावकको रेखदेख तथा शिक्षा र सञ्चार क्षेत्रको भूमिका सकारात्मक
(ख) सरकारी, सामुदायिक र गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्य बढाउने
(ग) कडा कानुनी प्रबन्ध र कार्यान्वयनको व्यवस्था गर्ने
(घ) बालबालिकाका लागि शिक्षाको अवसर, अभिभावकको सचेतना वृद्धि गर्ने
(ङ) गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी बनाउने, गैरकानुनी रूपमा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन हु नदिने ।
२. नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धि हासिल भएका छन् लेख्नुहोस् ।
उत्तर : नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न प्रयास गरेका छन् ।
COMMENTS